पोखरामा ६ जुवाडे ४६ हजार रकमसहित प्रकाउ
पाेखरा | कात्तिक १९, २०८०
पोखरा: पोखरा महानगरपालिका ४ मानवअधिकार चोकमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई ४६ हजार ९ सय ७५ रुपैयाँसहित कास्की प्रहरीले प्रकाउ गरेको छ ।
पोखरा ४ मानवअधिकार चोकमा यमबहादुर गुरुङले सञ्चालन गरेको प्रिन्सी किराना पसलमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा ६ जनालाई प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
प्रकाउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १५ रामबजार बस्ने ३२ वर्षीय पसल सञ्चालक यमबहादुर गुरुङ, पोखरा १० फुलबारी बस्ने ३५ वर्षीय भोजबहादुर गुरुङ, रामबजार बस्ने ३२ वर्षीय गमाुन गुरुङ, पोखरा १ बगर बस्ने ४८ वर्षीय ज्योतिन्द्र विक, पोखरा १५ फलेपाटन बस्ने ५० वर्षीय बमबहादुर पुन र पोखरा १७ घारीपाटन बस्ने ४० वर्षीय शान्ति गुरुङलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाउ परेका ६ जनालाई जुवा सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

